२६ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशका केही ठाउँमा बिहानैदेखि वर्षा, आज कहाँ-कहाँ पर्छ पानी ?

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार ०९:४७


काठमाडौं । देशका केही ठाउँमा अहिले पानी परिरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कोशी र वाग्मती प्रदेशका १-२ ठाउँमा पानी परिरहेकाे महाशाखाले जनाएकाे छ । देशको पहाडी भू-भागमा आंशिक बदली छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा  भारतको बिहार तथा  आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव  छ ।

आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन-चट्याङसहित हपनी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश र वाग्मती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी प्रदेशका १-२ ठाउँमा मेघ गर्जन-चट्याङसहित पानी पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

 

 

देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।

पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ।


113
Shares

प्रतिक्रिया दिनुहोस !