२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काभा यु-२० च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई हरायाे

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार २१:४९


काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० पुरुष च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएकाे छ ।

कोलम्बोको सुगाथादासा रंगशालामा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएकाे हाे ।

नेपालले पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२० ले जित्यो ।

यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !