१७ कार्तिक २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाढी-पहिरो पीडितकाे राहतका लागि नेपाललाई विश्व बैंकले २० अर्ब ऋण दिने

प्रकाशित मिति :  २३ आश्विन २०८१, बुधबार १५:२१


काठमाडाैं । नेपालका बाढी-पहिराे पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ ।

‘मंगलबार बसेकाे विश्व बैंकको सञ्चालक समितिकाे बैठकले नेपालका बाढी-पहिराे पीडितका लागि साे रकम बराबरकाे ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।

बाढी-पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्काल ठूलो रकम चाहिने भएकाले साे रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनका अनुसार नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने बित्तिकै लिन सक्नेछ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !