कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल
प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार २०:३२
काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त हुनुभएकाे छ ।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बुधबार ढकाललाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएकाे हाे । ढकालले रुपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुन्छ ।
यसअघि प्रमुख सचेतक रहनुभएका जन्मजय तिमिल्सिनाले राजीनामा दिनुभएकाे थियाे । तिमिल्सिनाकाे राजीनामा स्वीकृत गर्दै नेता चाैधरीले ढकाललाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएकाे हाे ।
113
Shares