२८ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने

प्रकाशित मिति :  २३ आश्विन २०८१, बुधबार २०:३६


काठमाडाैं । यस वर्षकाे रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएकाे छ ।

स्वीडेनको स्टकहाेल्म बधुबार आयोजित कार्यक्रममा नोबेल पुरस्कार कमिटीले साे पुरस्कार डेभिड बेकर, डेमिस हसाबिस र जोन एम जम्परलाई दिने घाेषणा गरेकाे हाे ।

वासिङ्टन विश्‍वविद्यालयका डेभिडलाई कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि र गुगल डीपमाइण्डका डेमिस तथा जोनलाई प्रोटिनको स्ट्रक्चर प्रेडिक्सनमा याेगदान गरेबापत साे पुरस्कार दिइएकाे कमिटीले जनाएकाे छ ।

यसवर्षकाे भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई दिने घाेषणा कमिटीले मंगलबार (असाेज २२ अक्टाेबर ८, २०२४) गरेकाे थियाे ।

यस वर्षकाे चिकित्सातर्फको नोबेल पुरस्कार माइक्रोआरएनएको खोजमा योगदान पुर्‍याएबापतअमेरिकी प्राध्यापकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने घाेषणा कमिटीले साेमबार (असाेज २१ अक्टाेबर ७, २०२४) मा गरेकाे थियाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !