एमाले सचिवालय बैठक जारी
प्रकाशित मिति : 10 October, 2024 2:23 pm
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक बसिरहेको हो । बैठकमा बडादशैंकाे शुभकामना आदानप्रदान, विपद्पछिकाे राहत र उद्धारमा पार्टीले खेलेकाे भूमिका, देशको पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल भइरहेकाे बताइएकाे छ ।
226
Shares












