३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपद्‌बाट बास गुमाएकालाई सरकारले तत्काल पुनर्वासको व्यवस्था गर्नुपर्छ : एमाले

प्रकाशित मिति :  २४ आश्विन २०८१, बिहीबार १७:०२


काठमाडाैं । नेकपा एमालेले हालैकाे प्राकृतिक विपद्‍पछिकाे उद्धार र राहतमा सरकारले आफ्नाे सामार्थ्यले भ्याएसम्म काम गरेकाे बताएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेकाे एमाले सचिवालय बैठकले विपद्‍पछिकाे उद्धार र राहतमा सरकारका सबै अंग परिचालन भएकाे निष्कर्ष निकालिएकाे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे – ‘सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेकै छ, जहिले पनि प्राकृतिक प्रकोप र सरकारको भोलुमको बीचमा ग्याप त हुँदो नै रहेछ, यति नै बेला अमेरिकाको फ्लोरिडामा हुरिक्यानबाट एकदमै आक्रान्त छ, साधन स्राेत सम्पन्न देशमा पनि केही कमजोरी छन्, हामीले सरकारले इमान्दारीपूर्वक काम गरेको छ-छैन, सरकारका सबै अंग परिचालन भए-भएनन् भनेर हेर्ने हाे, त्यसरी हेर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरू, राजनीतिक दलका कार्यकर्ता सबै खट्नुभएको छ, तर मौसम विज्ञहरूले मुसलधारे-आरिघाेप्टे वर्षा हुने अनुमान गर्नुभएको थियो, याे खास ठाउँमा केन्द्रित भएकाे देखिन्छ ।’

विपद्पछिकाे उद्धार, राहत र पुर्नस्थापनाका लागि सरकार अझ बढी प्रभावकारी ढंगले अघि बढ्नुपर्ने उपमहासचिव  ज्ञवालीले जानकारी दिनुभयाे ।बैठकले प्राकृतिक विपद्‍बाट घरवास गुमाएका १० हजार परिवारलाई चाँडाे भन्दा चाँडाे पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकाे पनि उहाँले बताउनुभयाे । ‘बाढी आउने भन्दै सरकारले सूचना दिएर पनि शतर्क रहन भनेकाे हाे, कति कुरामा नागरिकहरूको तदअनुरुपकाे सजगतामा कमी पनि भयो कि, सरकार अझ बढी प्रभावकारी बनोस् भन्ने हाम्राे शुभकामना छ, भर्खरै राहतकाे प्रारम्भिक काम सकाएका छाैं, १० हजार परिवारले घरवास गुमाउनुभएको छ, उहाँहरूलाई छिटो भन्दा छिटो पुनर्वासको जरुरी छ, त्यसपछि पुनःनिर्माणको काम आउँछ, ५० अर्ब जति क्षति भएकाे प्रारम्भिक अनुमादन छ त्यसाे भएर सरकार अझ प्रभावकारी ढंगले लागाेस् ।’


113
Shares

प्रतिक्रिया दिनुहोस !