२९ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई

प्रकाशित मिति :  २४ आश्विन २०८१, बिहीबार २०:४९


काठमाडाैं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिने भएकाे छ ।

स्वीडेनको स्टकहाेल्म बिहीबार आयोजित कार्यक्रममा नोबेल पुरस्कार कमिटीले साहित्यतर्फको नोबेल पुरस्कार हानलाई दिइने घाेषणा गरेकाे हाे । ऐतिहासिक संघातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उहाँका चरम काव्यात्मक गद्यका लागि साे पुरस्कार दिइएकाे कमिटीले जनाएकाे छ ।

५३ वर्षीया काङ साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औं महिला बन्नुभएकाे छ । काङले ‘दी भेजिटेरिअन’ उपन्यासका लागि सन् २००७ मा म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार पनि पाउनुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !