२५ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खुल्यो बिपी मार्ग, यात्रामा भने सतर्कता अपनाउनु पर्ने

प्रकाशित मिति :  २५ आश्विन २०८१, शुक्रबार ०९:५१


काठमाडौं । गत असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाको कारण आएको बाढीले क्षति पुर्‍याएको बिपी राजमार्ग डाइभर्सन निर्माण सञ्चालनमा ल्याएको छ ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्‍याएको सडकलाई ठाउँ ठाउँमा डाइभर्ट गरी शुक्रबार रातिबाट सञ्चालनमा ल्याएको हो । बाढीले क्षति पुर्‍याएको सडकको यस अघि नै खुर्कोट–नेपालथोक खण्ड र धुलिखेल नार्के खण्ड सफा गरी ठाउँ ठाउँमा डाइभर्सन निर्माण गरेर यातायात साधन सञ्चालनमा ल्याएको थियो ।

मंगलटारबाट नार्केको पुलसम्मको अवरुद्ध सडकमा पनि ठाउँ ठाउँमा डाइभर्सन निर्माण गरी सडक सञ्चालन भएको वाग्मती प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप कटवालले जानकारी दिनुभयो । कटवाल सडक खोल्न सिन्धुलीको खोर्कोटदेखि निरन्तर खट्नु भएको थियो । ‘बर्दिबास–बनेपा सडक सञ्चालन भयो, सिन्धुलीको टोली मंगलटार चिसापानीसम्म पुग्यो, काभ्रे र भक्तपुरको टोली संयुक्त जम्मा भई बाटो सम्पन्न गरी सबैजना खुसी भएर सबै पक्षलाई धन्यवाद दिई सिन्धुली फिर्ता भयौँ’, उहाँले भन्नुभयो ।

 

वर्षाले बिपी मार्गलाई रोशी खोलाले ठुलो क्षति पुर्‍याएको छ । अहिले खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याएको हो । बिपी मार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्व जाने गाडीहरूले घुमाउरो बाटो प्रयोग गर्दै आएका छन् ।

सडक खुलेको भए पनि ठाउँ ठाउँमा खोलाबाट डाइभर्सन निर्माण गरेको छ । रोशी खोलो बढ्ने बित्तिकै सडक बगाउने अवस्था छ । कच्ची र साँघुरो बाटो भएकोले यात्रा त्यति सहज छैन । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


1.2k
Shares

प्रतिक्रिया दिनुहोस !