९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मीनबहादुर गुरुङद्वारा एमाले केन्द्रीय कार्यालय बनाउन जग्गा दान, प्रधानमन्त्री ओलीद्वारा भवन शिलान्यास

प्रकाशित मिति :  २५ आश्विन २०८१, शुक्रबार १५:३४


– बामदेब भट्ट

काठमाडाैं । नेकपा एमालेले काठमाडाैंकाे कीर्तिपुर नगरपालिका-२ मा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएकाे हाे ।

पार्टी कार्यालय भवन बनाउन भाटभटेनी सुपर मार्केटका प्रमुख तथा व्यवसायी मीनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा दान गर्नुभएकाे एमाले महासचिव शंकर पाेखरेलले जानकारी दिनुभयाे । साे भवन १ वर्षभित्र सक्ने लक्ष्य रहेकाे उहाँले बताउनुभयाे । जग्गा उपलब्ध गराएकाेमा महासचिव पाेखरेलले गुरुङलाई विशेष धन्यवाद दिनुभयाे ।

व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताउनुभयाे ।

शिलान्यास समाराेहमा पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत एमाले नेता-कार्यकर्ताको उपस्थिति थियाे । जग्गादाता गुरुङ दम्पत्ति पनि समाराेहमा सहभागी हुनुभएकाे थियाे ।

 

 

 

 


3.8k
Shares

प्रतिक्रिया दिनुहोस !