३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजनीतिक दलहरु बलिया हुन सके मात्रै लाेकतन्त्र र राज्य बलियाे हुन्छ : शंकर पोखरेल

प्रकाशित मिति :  २५ आश्विन २०८१, शुक्रबार १७:०७


काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएकाे छ ।

शुक्रबार काठमाडाैंकाे कीर्तिपुर नगरपालिका-२ स्थित मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास समाराेहमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पाेखरेलले लाेकतन्त्रमा राजनीतिक दलहरु समाजका प्रतिनिधि संस्थाका रुपमा रहेका बताउनुभयाे ।

राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकार प्रयोग गर्न सक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने उहाँले बताउनुभयाे । महासचिव पाेखरेलले भन्नुभयाे – ‘राजनीतिक दलहरु बलिया हुन सके भने मात्र लाेकतन्त्र बलियाे हुन्छ, राज्य बलियाे हुन्छ, लाेकतन्त्र र राज्य बलियाे भयाे भने मात्रै जनताले अधिकारलाई प्रयाेग गर्न सक्ने स्थिति बन्दछ ।’

एमालेकाे कार्यालय आधुनिक हुने उहाँले बताउनुभयाे । यस्ताे भवन बनाउन जग्गा दान गरेकाेमा महासचिव पाेखरेलले भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङ र उहाँकी श्रीमती सावित्री गुरुङलाई विशेष धन्यवाद दिनुभयाे । एमाले केन्द्रीय कार्यालय भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !