२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपतिद्वारा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना

प्रकाशित मिति :  २६ आश्विन २०८१, शनिबार ०७:५५


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएकाे छ ।

हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पाैडेलले समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएकाे हाे ।

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।  विजया दशमीले सम्पूर्ण विश्वमा शान्ति एवं मानव जातिको कल्याण होस् भन्ने शुभकामना पनि राष्ट्रपति पाैडेलले दिनुभएकाे छ ।

आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !