२८ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिकाे हातबाट दशैंकाे टीका ग्रहण

प्रकाशित मिति :  २६ आश्विन २०८१, शनिबार १८:०२


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पाैडेलकाे हातबाट दशैंकाे टीका र जमरा ग्रहण गर्नुभएकाे छ ।

शनिबार दिउँसाे राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलकाे हातबाट विजयादशमीका अवसरमा नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्नुभएकाे हाे ।

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ लगायतले पनि राष्ट्रपतिबाट टीका तथा जमरा ग्रहण गर्नुभएकाे थियाे ।

तस्विर : रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !