काठमाडौं महानगरले लगायो प्लास्टिकका फूल र मालामा प्रतिबन्ध
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/07/kathmandu-mahanagar.png)
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ ।
प्लास्टिकका फूलगुच्छा र माला बिक्री-वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाइएकाे महानगरले बिहीबार सूचनामार्फत जानकारी दिएकाे हाे । नजिकिँदै गरेको तिहार पर्वलाई लक्षित गरी महानगरले यस्ताे प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएकाे हाे ।
महानगरकाे वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयाेगकाे प्लास्टिक, प्लास्टिककाे फूलगुच्छा, माला, बिक्री-वितरण, भण्डारण ,ओसारपसार र प्रयाेग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री-वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएकाे महानगरले सूचनामार्फत स्मरण गराएकाे छ ।
प्लास्टिककाे झाेलाकाे विकल्पमा कागज वा कपडाकाे झाेला प्रयाेग गर्नुपर्ने व्यवस्था गर्न महानगरले सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता र सर्वसाधारणलाई अनुराेध गरेकाे छ । अनुगमनका क्रममा निषेध गरेका कार्य गरेकाे पाइएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने चेतावनी पनि महानगरले दिएकाे छ ।