३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा संघले कात्तिक ११ र १२ गते एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै, तयारी अन्तिम चरणमा

प्रकाशित मिति :  ९ कार्तिक २०८१, शुक्रबार १३:५०


काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

युवा संघले यही कात्तिक ११ र १२ गते काठमाडाैंको कालिमाटीस्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेकाे हाे ।

युवा संघका अध्यक्ष क्षितिज थेबेका अनुसार सम्मेलनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । एआई सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेकाे छ । सम्मेलनमा सहभागी हुन विदेशी विज्ञहरु आउने क्रम सुरु भएकाे युवा संघले जनाएकाे छ ।

विश्व बजारमा अहिले भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सकाे विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्यसाथ सम्मेलन आयाेजना गर्न लागिएकाे हाे । सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुद‍ृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएकाे छ ।

अध्यक्ष थेबेका अनुसार सम्मेलनमा फिनल्याण्ड, सिंगापुर, जापान, पाेर्चुगल, अष्ट्रेलिया, थाइल्याण्ड, दक्षिण काेरिया, मलेसिया लगायत विभिन्न देशबाट एआई विज्ञसहित उच्चस्तरीय विज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा भाैतिक रुपमा १ हजार जना प्रतिनिधि सहभागी हुनेछन् । विश्वभरिबाट भर्चुअल रूपमा १ करोड भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउनेछन् । सम्मेलनमा १० वटा थिमेटिक बेसमा छलफल हुनेछ भने १०१ जना विज्ञ प्यानलिट सहभागी हुनेछन् ।


226
Shares

प्रतिक्रिया दिनुहोस !