१७ कार्तिक २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंहरुबाट सचेत बनौं

प्रकाशित मिति :  ९ कार्तिक २०८१, शुक्रबार १६:४१


-प्रदिप तिमल्सिना –

काठमाडौं । मानिसलाई गफैमा भुलाउन सक्ने क्षमता भएका व्यक्ति हुन् झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं । आफ्ना छेउछाउमा बडेमानको तिघ्रा भएका आसेपासे बोकेर हिड्ने व्यक्ति पनि हुन् उनी ।

उनको परिचय यतिले मात्र पुग्दैन । उनी पूर्व भैँसी पालक किसान पनि हुन् । उनी होटल व्यवसायी पनि हुन् । आज अहिले उनको जे छ त्यो सबै भैँसी पालेर भएको हो । अर्थात भैसीको कमाल हो ।

विभिन्न पार्टी चाहरेर कतै पनि स्थान नपाएपछि उनी पूर्व राजाकहाँ पनि बिन्ती गर्न पुगेका थिए ।

कुनै वेला गलत तरिकाबाट भौतिक पूर्वाधार नपुगेको मेडिकल कलेज चलाउनको लागि उनले नेपालमा भ्याए सम्मको बल लगाए । उनको बललाई डाक्टर गोविन्द के.सीले चकनाचुर बनाई दिए ।

अनि उनी केपी ओली र प्रचण्ड कहाँ लम्पसार पर्न गए । उनीहरुले पनि उनलाई स्थान दिएनन् । अनि उनी बैङ्कबाट ऋण लिएका मानिसलाई निसान बनाउन लागे ।

बैङ्कले तपाईँहरूलाई सोसेको छ । तपाईँहरू मलाई साथ दिनुहोला बैङ्कको ऋण तिर्नु पर्दैन । म यसको नेतृत्व गर्छु भनेर उनले विभिन्न व्यक्तिलाई निसान बनाए । अनि उनी ति व्यक्तिहरूको आडमा विभिन्न ठाँउमा आन्दोलन गर्न लागे ।

जसलाई पनि तथानाम गाली गर्दै हिड्ने मुख छोड्दै हिड्ने उनको नाममा प्रहरीमा उजुरी समेत परेको थियो । सोही वेला उनी घरमै बसेर फरार भएको नाटक पनि गरेका थिए ।

केही वर्ष अघि सम्म विभिन्न मुद्दामा फरार बेला बेलामा फरार हुने दुर्गा प्रसाईँ अहिले बैङ्कबाट ऋण लिने व्यक्तिहरूको आडमा नेता बनेका छन् ।

हुदै नभएको कुरालाई पनि हो जस्तै गरि प्रस्तुत गर्न सक्ने प्रसाईको इसारामा अहिले पहिलो नम्बरमा नेकपा एमाले अनि एमालेका नेताहरू परेका छन् ।

उनले काङ्ग्रेसका नेताहरूलाई पनि गाली गर्छन । माओवादीको लागि पनि गाली गर्छन । तर उनको मुख्य नजरमा भने एमाले अनि एमालेका नेताहरू नै पर्ने गरेका छन् ।

 

कसैले लिएको ऋण कसैको बचत हो 

कसैले लिएको ऋण कसैको बचत हो । यसमा कुनै संका रहदैन ।  कसैले लिएको ऋणको सावा व्याज कसैले तिर्दैन भने  खाई नखाई बचत गर्ने बचत कताको हालत के हुन्छ । यो कसैले कल्पना समेत गर्न सक्दैनन् । तर कसैको बचतको ख्याल नै नगरी  लिएको कर्जा बैङ्कमा तिर्नु पर्दैन भनेर मानिस उचाल्दै नेता भएको दुर्गा प्रसाईंलाई अहिले जानेर नजानेर केहीले साथ दिएका छन् । 

उनैको आशमा प्रसाईँले अहिले मानिस उचाल्दै हिँडेका छन् । 

बैङ्कबाट, लघुवित्तबाट ऋण लिएर आफ्नो आर्थिक अवस्थामा क्रान्ति ल्याउने व्यक्ति नेपालमा धेरै छन् । त्यो भनेको कर्जाको सही सदुपयोग हो । 

कर्जाको दुरुपयोग गरेर  घर जम बिगार्ने मानिसको जमात पनि अहिले धेरै छन् ।  तर कर्जा भनेको कसैको बचत हो । केही प्रतिफल पाइन्छ की भनेर  कसैले बचत गरेको रुपैयाँ पैसालाई तिर्नु पर्दैन म त्यसको अगुवाई गर्छु भनेर मानिस भड्काउँदै हिड्ने व्यक्ति पनि दुर्गा प्रसाईँ नै हुन् । 

नेपालमा धेरै छन् दुर्गा प्रसाईंहरु 

अलिकति भनेको जसको नतिजा प्रमुख दलहरूले  दिन नसके पछि नेपालमा अहिले जिल्ला जिल्लामा दुर्गा प्रसाईंहरुको सन्तान जन्मिदै छन् । यसरी सन्तान जन्माउनुमा अलिकति देशका प्रमुख राजनितिक दलहरुको कमी कमाजोरी भएता पनि हामी आम नेपाली जनता सचेत नभएरै हो । हामी सचेत नहुदाँ अहिले जिल्ला जिल्लामा दुर्गा प्रसाईहरु जन्मिएर गलत प्रचार गर्र्दै हिडेका छन् । केही व्यक्तिहरूको आडमा खुलेआम मुख छोड्दै हिँडेका छन् ।  त्यस्ता व्यक्तिहरुको अगाडी सरकार पनि निरिह बनेर हेरेर बसेको पाईन्छ । 

केही व्यक्ति आफू पछाडि लगाएर नेता पनि बनेका छन् दुर्गा प्रसाईं । नेतामा हुनुपर्ने नैतिक आचरणको अभावको बावजुत उनी आफूलाई नेता पनि भनिरहेका छन् । केहीले मानेका पनि छन् । 

हुनत अहिले नेपालमा चर्को स्वरमा कराउन सक्ने   प्रत्यक व्यक्ति नेता बनेका छन् । केही मनिसको हुल पनि उनीहरुको पछाडी देख्न सकिन्छ । यस्ता व्यक्तिहरूले समाजमा फाईदा दिनुको साटो भर पुर घाटा मात्रै दिएको पाईन्छ । तर पनि नेपालमा कानुनको राम्रो सँग पालना नहुदा यस्तै यस्तै कुराले दुर्गा प्रसाईंहरुको जम्म भटाभट भएको छ । 

सरकारको काम 

अहिले नेपालमा समाजिक सञ्जालमा धेरैले धेरै थरी लेख्ने गरेको हामी पाउछौं । सामाजिक सञ्जाललाई राम्रो सँग चलाएर फाईदा उठाउनुको सट्टा दुरुपयोग गर्नेहरुको जमात पनि वढेको छ । 

कसले के समाजिक सञ्जालमा हालेको छ ।  कसले के सामाजिक सञ्जालमा लेखेको छ । त्यसको राम्रो सँग नियमन गर्नु पर्ने काम भनेको सरकारको नै हो ।  तर नेपालमा जसको नेतृत्वमा सरकार भएता पनि यो क्षेत्रमा भने सरकार चुकेको महसुस गर्न सकिन्छ । 

अहिले नेपालमा सामाजिक सञ्जालबाट कसैलाई लक्षित गरेर भरपुर गालि गर्ने पनि नेता बनेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर कसैलाई हुदै नभएको आरोप लगाउने पनि नेता बनेका छन् । जस्तै स्वत्रन्तबाट काठमाडौं महानगर पालिकाबाट जितेका मेयर बालेन्द्र साह,  अहिलेका मान्छे उचाल्दै हिड्ने दुर्गा प्रसाईंहरु । 

कसले सामाजिक सञ्जालमा के लेखेको छ । र त्यससले कसलाई के असर पर्छ भनेर लेख्नेले लेखेपनि सरकारले यस्तो कुरामा विशेष ध्यान दिन जरुरी रहन्छ । यस्ता साना साना कुराले पनि सरकारको उचाई सगरमाथाको चुचुरोमा पुर्याउन मद्धत गर्दछ । त्यसैले यस्ता काममा सरकार लाग्नु पर्छ । सामाजिक सञ्जालको राम्रो सँग नियमन गर्नु पर्छ ।  र मनपरि बोल्दै हिड्नेको मुख समेत नियन्त्रण गर्नु पर्छ । 

 


4.2k
Shares

प्रतिक्रिया दिनुहोस !