३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

प्रकाशित मिति :  ११ कार्तिक २०८१, आईतवार १७:४६


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएकाे छ ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पाैडेलले सरकारी अस्पतालहरुमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएकाे हाे ।

याेसँगै कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क हुनेछ । यी अस्पतालहरुमा मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको मन्त्री पाैडेलकाे सचिवालयले जनाएकाे छ ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !