थाई एयर एसियाको उडान निलम्बित
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/10/Downloads30-scaled.jpg)
काठमाडाैं । उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई कारबाही गरिएकाे छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हाे ।
करिब एक घण्टा होल्ड भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको क्यानले जनाएकाे छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार साे विमानकाे नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो ।
उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई विशेष चार्टर्ड उडानको अनुमति दिइएको छ । विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएकोछ ।