६ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन र भारतको विवादमा नेपाल अनि अमेरिका

प्रकाशित मिति :  १२ कार्तिक २०८१, सोमबार १६:५४


-प्रदिप तिमल्सिना 

काठमाडौं ।  नेपाल  क्षेत्रफलको हिसाबमा चीन र भारत भन्दा कैयन गुणा सानो छ ।  तर जव जव  चीन र भारतको विवाद उत्क्रसमा पुग्छ तव तव  सानै देश भएपनि नेपालको नाम कता कता जोडी हाल्छ । यसको प्रमुख कारण हो तिब्बत । हो तिब्बत । तिव्बतको जव नाम आउँछ अनि त्यहाँ अमेरिकाको नाम पनि जोडिन्छ ।  हुन त अमेरिका चीन, नेपाल र भारत भन्दा धेरै टाढा छ । तर पनि अमेरिकाको नाम जोडिन्छ । अमेरिकाको नाम जोडिनुको पछाडि चाहिँ अलि रहस्यमयी  छ । 

अहिले  विश्वमा झट्ट हेर्दा विभिन्न मुलुकमा आन्दोलन भएको देख्न सकिन्छ । विभिन्न मुलुकमा   अशान्तको कारणले कैयन  मानिसले ज्यान पनि गुमाएका छन् ।  कैयन मुलुकमा बम, बारुद, गोलीको वर्षा भइरहेको छ । हाम्रो नाङ्गो आखाले हेर्दा कैयन मुलुकमा ठुलै युद्ध भइरहेछ । 

तर धरैलाई थाहा नभएको युद्ध  चीन र अमेरिकाको युद्ध हो । किनभने अहिले चीन र अमेरिकाको ठुलै युद्ध चलेको छ । झट्ट हेर्दा नाङ्गो आखाले नदेखिने तर भित्र भित्रै हुने शित युद्ध चलेको छ ।  उनीहरूमा शीत युद्ध चल्नुको प्रमुख कारण चाही  प्रतिष्पर्धा नै हो । हो अहिले चीन र अमेरिका बिच धेरै प्रतिष्पर्धा छ । उनीहरूको प्रतिष्पर्धा भनेको  आर्थिक वृद्धिदरमा हो ।   व्यापार कै कारण कुनै पनि मुलुकको आर्थिक वृद्धिदर उच्च रहन्छ । अहिले चीनको व्यापारले विश्व ओगोटी सकेको छ । चीनको व्यापार सँग अहिले अमेरिकालाई चासो रहेको हो । अनि अहिले अमेरिका कसरी चीनलाई तल पार्न सकिन्छ भनेर लागेको छ । चीनको व्यापार तल पार्न सके आफू विश्वकै एक नंवर अर्थतन्त्र भएको मुलुकमा बसिराख्ने अमेरिकाको चाहान हो । त्यसको लागि अमेरिकाले नेपाल अनि भारतलाई निशान बनाएको बुझ्न सकिन्छ । 

चीनलाई कमजोर बनाउन अमेरिकाले नेपालको र भारतको भू– भाग प्रयोग गर्ने गरेको पाइन्छ । अमेरिकालाई भारतको भू– भाग प्रयोग गर्नु भन्दा नेपालको भूभाग प्रयाग गर्नु सजिलो हुने विगतको अध्ययनले देखाउछ  । 

त्यसै कारण पनि अमेरिकाले नेपालको भूभागमा वढी आखा लगाउने गरेको पाइन्छ । अनि सोही कारण भारतको र चीनको विवादमा नेपाल आउने गर्छ ।  

के हो त चीन र भारतको विवाद 

नेपाल र  चीन जस्तै चीन र भारत पनि उत्तिकै छिमेकी मुलुक हुन् । छिमेकी भएपछि सामन्य विवाद हुनु समान्य कुरा हो । तर चीन र भारतको विवाद कहिल्यै सामान्य जस्तो बनेनजहिले जटिल जस्तै बनेको छ । चीन र भारतको विवाद उत्कर्षमा पुर्याउन  तेस्रो मुलुक खुलेआम लागेको छ । त्यो मुलुक हो अमेरिका । 

अहिले चीन र भारतको विवाद सिमानामा छ ।  अक्साई चीन र अरुणाञ्चलमा चीन र भारतको ठूलै विवाद भएको देख्न सक्छौ । यी दुवै स्थानमा दुवै देशको दावीका कारण चीन र  भारतको विवाद चर्किएको हो । अक्साई चीन जम्मुकास्मिरको नजिक पर्ने क्षेत्र हो । १९६२ मा भएको चीन भारतको  युद्धमा चीनले  विजयी प्राप्त गरेको थियो ।  त्यसैको कारण अक्साई चीनमा चीनले आफ्नो अधिकार स्थापना गरेको थियो । सोही कारण उक्त क्षेत्रमा चीन भारतको विवाद जहिल्यै कायम भएको छ । 

अमेरिका  र चीन जस्तै चीन र भारतको पनि आर्थिक वृद्धि र विकासमा प्रतिष्पर्धा छ ।  भारतले पनि आर्थिक वृद्धी दर क्रमस माथि लगिरहेको छ । विकासको मोडलहरुमा पनि चीन सँग प्रतिष्पर्धा गरिराखेको छ । आर्थिक वृद्धिदर विकासको मोडलमा भने सित युद्ध जस्तै गरि  शान्त किसिमले चीन र भारत बिच प्रतिष्पर्धा चलिरहेको छ । यसको जलन्त उदाहरणको लागि भारतले स्वीकार नगरेको बीआरआईलाई लिन सकिन्छ । सीमा विवादमा भने चीन र भारतको आ–आफ्नो किसिमको दावी छ । 

मोदी र सीको भेट हुनासाथ हुन्छ सीमा विवादको कुरा 

जतिबेला भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सि जिन पिङको भेट हुन्छ तव तव सीमा विवादको कुरा भने हुने गर्दछ । तर जति नै कुरा भएपनि भारत र चीनको सीमा विवाद समाधान भने हुन सकेको छैन ।  भर्खरै पनि  मोदी र सी बिच भेट वार्ता भएको थियो । उक्त भेट वार्ता रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि रुसमा भएको हो । 

भेटवार्तामा दुई देशबीचको मतभेद र विवादलाई राम्ररी समाधान गर्न र शान्ति र सद्भावमा खलल नपर्न दिनु पर्नेमा पनि जोड दिएको भारतिय विदेश मन्त्रालयले बताएको छ । 

तर जतिनै भेटघाट  र सम्झौता भएपनि चीन र भारतको सम्बन्धमा सुधार आएको भने देखिदैन । चीन र भारतको सम्बन्धमा सुधार आउन नदिनुमा अमेरिका बिचमा आउने धरै जानकारहरू बताउँछन् । 

भारतलाई भन्दा पनि अमेरिकालाई चीन कम्जोर पार्नु छ । सोही कारण अमेरिका चीन र भारत मिलेको हेर्न चाहदैन सोही कारण पनि  अमेरिका चीन र भारतको बिचमा नेपाल चीन र भारतको बिचमा निरन्तर आउने गरेको  पाइएको  छ । 


1.8k
Shares

प्रतिक्रिया दिनुहोस !