२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवजागरण बचतको एक वर्षमा १ करोड ३९ लाख नाफा, अध्यक्षमा सोमेश थापा

प्रकाशित मिति :  १२ कार्तिक २०८१, सोमबार २१:०३


रामेछाप । रामेछापको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले यस वर्ष १ करोड ३९ लाख बढी नाफा कमाएको छ ।

सोमबार मन्थलीमा सम्पन्न २६ औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो । संस्थाका सचिव सोमेश थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाले यस वर्ष १ करोड ३९ लाख २९ हजार २ सय १० रुपैँया नाफा कमाएको उल्लेख छ । त्यस मध्ये २९ लाख रुपैँया ऋण सुरक्षण कोषहरुमा राखिएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो ।

आउने वर्ष सो नाफा रकमलाई १ करोड ५१ लाख रुपैँया पुर्याउने लक्ष संस्थाले लिएको छ । संस्थाका शेयर सदस्य ९ हजार ८ सय ६४ बाट ११ हजार पुर्याउने लक्ष राखिएको छ।

संस्थाका कोषाध्यक्ष नारायणबहादुर कार्कीले पेस गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी ४ करोड ४८ लाख ४० हजार ८ सय पुगेको छ । त्यस्तै बचत रकम ५८ करोड ३४ लाख पुगेको छ भने ऋण लगानी ३९ करोड ४३ लाख रुपैँया रहेको छ ।

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता तथा ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले सोमेश थापाको अध्यक्षतामा नयाँ सञ्चालक चयन गरेको छ । जसको उपाध्यक्षमा दामोदर थापा, सचिवमा नारायणबहादुर कार्की, कोषाध्यक्षमा भीमसेन थापा र सह–सचिवमा कविता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सञ्चालक सदस्यमा लालबहादुर मानन्धर, मनीषा माझी, सविना नेपाली, जयराम मानन्धर, रुद्रबहादुर महत र दामोदर प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।

लेखा सुपरिवेक्षण समिति संयोजकमा तारानिधि सुवेदी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । सदस्यहरूमा दीपककुमार कार्की र हसना पहरी निर्वाचित हुनुभएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !