३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कीर्तिपुरमा चुनाबको रौनक, एमालेका केश रत्न बज्राचार्यको पक्षमा स्थानीय

प्रकाशित मिति :  १३ कार्तिक २०८१, मंगलवार १२:५७


काठमाडौं । कीर्तिपुरका मेयर राजकुमार नकर्मी को गत श्रावण १० गते निधन भएपछि अहिले कीर्तिपुर नगरपालिका मेयर विहीन बनेको छ ।

निर्वाचन अयोगले यही मंसिर १६ गते उपचुनाव गर्ने भएसँगै कीर्तिपुरमा पनि चुनाबको प्रतिस्पर्धा तिव्र बनेको छ ।

अहिले कीर्तिपुरमा एमाले र कांग्रेसकै उम्मेदवारहरूको चर्चा चुलिएको छ । किर्तिपुरका स्थानहरूका अनुसार अहिले र्कीतिपुरको चुनाव सहकारी पीडितको न्यायको लागि लड्ने मानिसहरुको पक्षमा हुने उनीहरूको अनुमान छ ।

कीर्तिपुरका धेरै नागरिकको रुपैयाँ पैसा दर्शन सहकारी र शिव शिखर सहकारी सञ्चलकले अपचलन गरेको छ । सहकारीले हजारौं कीर्तिपुर वासीको रुपैयाँ पैसा अपचलन गरे सँगै कीर्तिपुरवासीलाई ठूलो चोट परेको छ । सोही कारण स्थानीयहरुका अनुसार कीर्तिपुरको चुनाव सहकारी पीडितको न्यायको लागि लड्ने मानिसले जित्ने बताउँछन्

अहिले कीर्तिपुरमा टिकट आफ्नो हातमा पार्नको लागि एमाले तथा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताको दौडधुप रहेको देखिन्छ ।

एमालेमा केन्द्रिय सदस्य तथा क्षेत्र नं १० का इन्चार्ज सुरेन्द्र मानन्धर र काठमाडौँ जिल्ला कमिटी सदस्य तथा १० नं क्षेत्रीय संयोजक केश रत्न बज्राचार्य बिच टिकटको लडाइ छ ।

केश रत्न बज्राचार्य कीर्तिपुरमा रहेका दर्शन सहकारी र शिव शिखर सहकारी पीडितहरूको तर्फबाट न्यायको लागि निरनतर लडिरहेका व्यक्ति हुन ।

सोही कारण उनी बिरूद्द पार्टि भित्रै र बाहिर बाट टिकट नदिलाउने ठूलो प्रहार भैइरहेको कुरा स्थानीय बताउछन् । त्यस्तै काग्रेसमा पनि हिमाल कार्की र कृष्ण मान महर्जन बिच टिकटको लागि मुख्य लडाइ भैइरहेको छ । कृष्ण मान महर्जन पनि केश रत्न बज्राचार्य जस्तै जनचासोको विषयमा लाग्ने भएकोले उनलाई पनि टिकट नदिलाउने चलखेल भएको स्थानीयको भनाई छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको साथ र पोखरेलले मेयरमा उठ्न आफूलाई लगाएको भन्दै पार्टिक नेताहरूलाई सुरेन्द्र भन्दै हिडछन् त्यस कारण आफूलाई टिकट आउनेमा उनी विश्वस्त रहेका छन् भने केश रत्न यसपालि सारा कीर्तिपुरको जनता सत्यको पक्षमा रहेकोले सत्यको जित हुने भन्दै आपनो पक्षमा पार्टीले टिकट दिनेमा विश्वस्त देखिन्छन् ।

काग्रेसमा पनि हिमाल कार्कीको पक्षमा स्थानिय संघिय साम्सद राजन के सी खुलेरनै लागेका छन भने कृष्ण मानको पक्षमा शहरी बिकास मन्त्री प्रकाश मान सिंह को साथ र सपोर्ट रहेको पाईन्छ

गत चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नकर्मीले एमालेका केश रत्न बज्राचार्यलाई पराजित गरेका थिए ।

नकर्मीले बज्राचार्यलाई साढे चार हजार मतले पराजित गरेका थिए । नकर्मीले ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए ।

स्थानीयका अनुसार अहिले केश रत्न बज्राचार्यको पक्षमा कीर्तिपुरमा माहाेल रहेको बताएका छन् ।

 


13.8k
Shares

प्रतिक्रिया दिनुहोस !