तपाई रंगशालामा खेल हेर्न जाँदै हुनुहुन्छ भने विचार गर्नुहोस्, यी चिज लैजान पाइँदैन
प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १४:००
काठमाडौं । नेपाल–बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल आज साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।
सो खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको छ ।
दशरथ रंगशालामा खेल हेर्दा लैजान नपाईने बस्तुहरु निम्न अनुसार छन् ।
१ ) बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार ।
२ )यस्तै चुरोट, लाइटर, सलाई,
३) मादक वा नशालु पदार्थ ।
४ )ठूलो झोला (साना झोला सुरक्षा जाँचपछि मात्र अनुमति दिइने )
५) मोटरसाइकलको हेल्मेट ।
६) बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर ।
७) पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान ।
८) लेजर लाइट ।
९)छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो
565
Shares