म्हः पूजाले आफू प्रति गौरवबोध गराउँछ : प्रधानमन्त्री केपी शर्मा ओली
प्रकाशित मिति : 2 November, 2024 10:11 am
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताउनुभएको छ ।
नेपाल संवतको नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले नेपाल संवत र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताउनुभएको छ । ओलीले नेपाल संवत सुरुवात गर्ने राष्ट्रिय विभूति शंखधर साख्वाप्रति सम्मान पनि व्यक्त गर्नुभएको छ ।
ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ– ‘नेपाल संवतको नयाँ वर्ष, नेपाल संवत ११४५ को आज पहिलो दिन, यसका सुरुवातकर्ता विभूति शंखधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना ।’
113
Shares












