२१ कार्तिक २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुई हजार आठ सयले घट्यो सुन

प्रकाशित मिति :  २० कार्तिक २०८१, मंगलवार १२:०१


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ ।

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला २१ घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार ९० मा कारोबार भएको थियो ।

 

 

–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !