जनकपुरमा बढ्यो छठ पर्वको चहलपहल
प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १६:१४
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/11/Photos-7-2-1.jpg)
जनकपुरधाम । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ । तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ ।
छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था र पूजा व्यवस्थापन समितिहरु जुटेका छन् । बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसमान तथा फलफुल किन्नेको चहलपहल बढेको छ ।
452
Shares