८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख, बालुवाटारमा आराम गर्दै

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार १६:३४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

मंगलबारदेखि ज्वरो आएर बिरामी पर्नुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहनुभएको छ ।

उहाँका स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य आएका छन् । ‘उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेका छन्’, सचिवालयले भनेको छ ।

सामान्य ज्वरोका कारण प्रधानमन्त्री ओलीले मंगलबारबाट अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन ।


1.8k
Shares

प्रतिक्रिया दिनुहोस !