१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अन्तिम मत परिणाम आउन अघि नै डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार १७:५६


काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको लागि डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएको छ ।

निर्वाचनको अन्तिम परिणाम नआइसक्दै बहुमत सिटमा विजय प्राप्त गर्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भए पनि ट्रम्पले सहज जित हात पार्नुभएको छ । ट्रम्पले २ सय ७७ सिट सुनिश्चित गर्नुभएको छ । ह्यारिसले २ सय २४ सिट जित्नु भएको छ ।

आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प पहिलो पटक अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । गएको निर्वाचनमा भने उहाँ जो बाइडेनसँग पराजित हुनुभएको थियो ।

विजय सुनिश्चित भएपछि ट्रम्पले अमेरिकाका लागि आफ्नो कार्यकाल स्वर्ण युग हुने घोषणा गर्नुभएको छ । आफ्नो जितले अमेरिकालाई अझ सक्षम बनाउन मद्दत गर्ने ट्रम्पले बताउनुभएको छ ।

उहाँले आफूलाई अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद दिनुभएको छ । यही दिनका लागि आफू हत्या प्रयासबाट बचेको उहाँको भनाइ छ । चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा ट्रम्प माथि गोली प्रहार भए पनि बच्न सफल हुनुभएको थियो ।

ट्रम्पले मन्तव्यका क्रममा एक्स(ट्वीटर)का मालिक एलन मस्कको प्रशंसा गर्नुभएको छ । उहाँले मस्कलाई रिपब्लिकन पार्टीका नयाँ स्टारको घोषणा गर्नुभएको छ । उहाँले आजको दिन आफ्नो जीवनको पनि महत्त्वपूर्ण दिन भएको बताउनुभएको छ ।

उहाँले अमेरिकाको सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !