३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारको कामलाई थप प्रभावकारी बनाउन कांग्रेस–एमालेको उच्चस्तरीय संयन्त्र गठन

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार २०:२३


काठमाडौं । सरकारको कामलाई थप प्रभावकारी बनाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संयन्त्र बनाएका छन् ।

दुई दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय संयन्त्र बनाइएको हो । सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेर आठ सदस्यीय संयन्त्र बनाउनुभएको हो ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहनुभएको छ ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा संयन्त्रमा रहनुभएको छ ।

केन्द्रमासँगै प्रदेश र जिल्ला तहमा पनि सरकार सञ्चलनका लागि दुई दलका संयन्त्र बनाउने तयारी भएको छ । प्रदेश तथा जिल्ला तहमा ६ सदस्यीय संयन्त्र बन्ने भएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !