३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपनिर्वाचनमा कांग्रेस एकता, शालीनता र सक्रियताका साथ प्रस्तुत हुने

प्रकाशित मिति :  २२ कार्तिक २०८१, बिहीबार ०८:५१


काठमाडौं । नेपाली कांग्रेस आगामी मङ्सिर १६ मा स्थानीय तहका विभिन्न पदहरूका लागि हुने उपनिर्वाचनको तयारीमा जुटेको छ ।

सो तयारीका सम्बन्धमा महामन्त्री श्री विश्वप्रकाश शर्माको अध्यक्षतामा बनेको ‘स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समिति’ को बैठक नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

उप–निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले नेताहरूलाई बमोजिमको जिम्मेवारी निर्धारण गरेको हो ।

जस अनुसार वाग्मती प्रदेशको जिम्मेवारी महालक्ष्मी उपाध्याय ‘डिना’लाई दिएको छ । त्यस्तै कोशी प्रदेशको जिम्मेवारी भीष्मराज आङ्दम्बेलाई दिइएको छ ।

यसै गरी महेन्द्र यादवलाई मधेस प्रदेश, जीवन परियारलाई कर्णाली एवं गण्डकी प्रदेश, डा. प्रकाशशरण महतलाई अन्तर पार्टी समन्वय, एनपी साउदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !