२७ कार्तिक २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट नेपाल युएईसँग पराजित

प्रकाशित मिति :  २४ कार्तिक २०८१, शनिबार १५:४७


काठमाडौं । नेपाल आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा युएईसँग पराजित भएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिङ गर्दै युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । खेलमा युएईले लगातार तेस्रो जित निकालेको छ ।

नेपालले तीन खेलमा दुई जीत र एक हार बेहोरेको छ । नेपालले आइतबार थाइल्याण्डसँग र युएईले कुवेतसँग खेल्ने छन् ।

प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक युएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनाका आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यु–१९महिला टी–२० विश्वकपको लागि छनोट हुनेछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !