२२ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कानुन सबैको लागी बराबर हुनुपर्छ, गल्ती गर्नेले सजाय भोग्नुपर्छ : गगन थापा

प्रकाशित मिति :  २४ कार्तिक २०८१, शनिबार १७:४१


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत थापाले कुनै पनि व्यक्तिलाई राज्यले छानेर हेर्न नहुने बताउनुभएको छ । ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ, कानुनी शासनको मान्यता यही हो, कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ’, थापाले फेसबुकमा लेख्नु भएको छ ।

कानुन सबैको लागि समान भएकोले सबैले आफ्नो भागको कानुनी दायित्व सबैले बोक्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ, गल्ती गर्नेले सजाय भोग्नुपर्छ, सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ’, उहाँले लेख्नु भएको छ ।

कानुनी कारबाहीको कुरा विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय नभएको उहाँले स्पष्ट पार्नुभएको छ ।  यो विधिको विषय भएको थापाको धारणा छ । ‘म यो मान्यतामा अटल विश्वास गर्छु, त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस् मेरो यो मान्यता र विश्वास बदलिँदैन’, थापाले लेख्नु भएको छ ।

आज गणेशमान सिंहको जन्म जयन्ती भएको बताउँदै उहाँले गणेशमान सिंहबाट यही कुरा सिकोको स्पष्ट पार्नुभएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !