२४ मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जब जब देशलाई आवश्यकता पर्दछ तब का‌ंग्रे-एमाले एकसाथ हुन्छन् : पृथ्वीसुब्बा गुरुङ

प्रकाशित मिति :  २४ कार्तिक २०८१, शनिबार १९:२३


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा निराशा बढेको बताउनुभएको छ ।

नेकपा एमाले  तनहुँले पार्टी कार्यालयमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा पार्टी उपमहासचिव समेत रहनुभएका गुरुङले देशलाई स्थिरता तर्फ लैजान दुई ठुला दल मिल्नु परेको बताउनुभयो । ‘वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एक खालको निराशा छाएको थियो, दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौँ’, गुरुङले भन्नुभयो ।

गुरुङले अहिले देश आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा संकटमा परेको बताउनुभयो । देशलाई सङ्कट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताउँदै उहाँले अहिले त्यसैको लागि कांग्रेस र एमाले एक ठाउँमा आउनु परेको स्पष्ट पार्नुभयो ।

दुई ठूला पार्टीको सरकार बन्दैमा चमत्कारी काम नहुने भए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उहाँको उहाँले दाबी गर्नुभयो । गुरुङले सरकार ठिक ढङ्गले लयमा अगाडी बढेको पनि दाबी गर्नुभयो ।

गुरुङले जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गुरुङले संविधान पनि कांग्रेस एमाले मिलेर बनाएको बताउँदै देश पनि दुई दल मिलेर बनाउने बताउनुभयो ।

सरकार सञ्चालनमा एक भएर लाग्ने भए पनि चुनावी प्रतिस्पर्धा भने अलग अलग गर्ने गुरुङले प्रष्ट पार्नुभयो । ‘जब जब देशलाई आवश्यकता पर्दछ, हामी एकसाथ हुन्छौँ’, गुरुङले भन्नुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !