२८ कार्तिक २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज महागुरु फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति :  २५ कार्तिक २०८१, आईतवार ०९:०४


काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्ती आज मनाइँदै छ ।

किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारक फाल्गुनन्दको १९४२ कात्तिक २५ गते इलाममा जन्म भएको थियो । फाल्गुनन्दले समाज सुधारका लागि नीति निर्माण गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल बैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत अर्थात् पैसा लिन नहुने, पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने जस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन् । किराँत समाज सुधारका लागि नीति निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो ।

किराँत समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप लगायतका क्षेत्रमा फाल्गुनन्द जयन्ती मनाइन्छ । यो अवसरमा कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !