८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामछिानेलाई पुनः म्याद थपको लागि आज अदालत उपस्थित गराइँदै

प्रकाशित मिति :  २५ कार्तिक २०८१, आईतवार ११:१८


काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ ।

लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि पुनः म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृह मन्त्री लामिछाने त्यसदेखि यता कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

रास्वपाले लामिछानेलाई छाड्नु पर्ने माग राख्दै आज पोखरामा प्रदर्शन गर्दछ  । सो पार्टीले प्रदर्शनको लागि जिरो किलोमा जम्मा हुन आग्रह गरेको छ ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !