७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रकाशित मिति :  २५ कार्तिक २०८१, आईतवार १६:३२


काठमाडाैं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार दिउँसाे अदालतमा उपस्थित गराइएको थियाे । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई साेही दिन राति पाेखरा पुर्‍याइएकाे थियाे ।

कात्तिक ३ गते शनिबार परेकाले ४ गते मात्र लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकाे थियाे । अदालतले पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो ।

दाेस्राे पटक पुनः ७ दिन म्याद थप गरेको थियो । पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । आज चाैथाे पटक १३ दिनकाे म्याद थप भएकाे हाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !