३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिकलसेलको औषधि ल्याएर वितरण गर्छाैं : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २६ कार्तिक २०८१, सोमबार १७:३७


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औं दीक्षान्त समारोहलाई साेमबार सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले  संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरे सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई क्स्क्स सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताउनुभयाे ।

मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।

नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ सुनाउँदै उहाँले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे । यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

समारोहमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीले ६ सय ५७ जना विद्यार्थीलाई दीक्षित गर्नुभएकाे थियाे ।  प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीलाई कुलपति ओलीले दीक्षित गर्नुभएकाे हाे ।

समाराेहमा प्रतिष्ठानले प्रदान गर्दै आएकाे विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई दिइएकाे थियो । समाराेहमा भारतका शिक्षाविद् प्रा. डा. ज्योतिर्मोय पलँ, प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल लगायत सहभागी हुनुहुन्थ्याे । सन् २०१६ मा १२औं दीक्षान्त समारोह आयाेजना गरेको प्रतिष्ठानले आज ८ वर्षपछि १३औं दीक्षान्त समाराेह गरेकाे हो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !