९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आइसिसी यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोट : नेपालले कुवेतलाई हरायो

प्रकाशित मिति :  २७ कार्तिक २०८१, मंगलवार १५:४१


काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको पाँचौँ खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपाली टोलीकी कप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै नेपाललाई सानदार जीत दिलाउनुभएको हो ।

खेलमा महतोले पारी खेल्नुभएको थियो । बलिङतर्फ पनि उहाँले पाँच विकेट लिनुभएको छ । नेपालबाट एउटै खेलमा शतक प्रहार तथा पाँच विकेट लिने पहिलो खेलाडी बन्दै उहाँले नेपाली क्रिकेटमा इतिहास रच्नु भएको छ ।

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो । कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले ४२ बलमा सात चौका प्रहार गर्नुभएको थियो । जिफाबाहेक कुवेतका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बटुल्न सकेनन् । नेपालले कुवेतलाई सात अतिरिक्त रन दिएको थियो ।

बलिङतर्फ नेपालका लागि कप्तान महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले दुई/दुई विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले १ सय ३० रन बनाउनुभएको थियो । उहाँले  ६९ बल खेल्दा १७ चौका प्रहार गर्नुभयो ।  । यस्तै, सोनी पाख्रिनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिनुभयो । कुवेतले नेपाललाई २३ अतिरिक्त २३ रन दिएको थियो ।

बलिङतर्फ कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले एक/एक विकेट लिए ।

सो खेल अन्तर्गत नेपालले बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१० विश्वकपका लागि छनोट हुनेछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !