३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तह उपचुनावबारे निर्वाचन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल (निर्णयसहित)

प्रकाशित मिति :  २७ कार्तिक २०८१, मंगलवार १७:१४


काठमाडाैं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपचुनावबारे निर्वाचन आयाेग र सरकारी सञ्चार माध्यमबीच छलफल भएकाे छ ।

उपचुनावलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्नेबारे आयाेग र सरकारी सञ्चार माध्यमबीच मंगलबार छलफल भएकाे हाे । छलफलपछि विभिन्न १० वटा निर्णय भएका आयाेगले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

छापा तथा विद्युतीय सार्वजनिक सञ्चार माध्यम तथा अन्य सञ्चार माध्यमले आफ्ना संवाददातालाई विशेष जिम्मेवारी तोकी निर्वाचनसम्बन्धी गतिविधिलाई आ-आफ्नाे सञ्चार माध्यममा प्राथमिकतासाथ प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएकाे विज्ञप्तिमा उल्लेख छ ।

रेडियो तथा टेलिभिजनबाट समाचार भन्दा अघि, पछिको समयमा निर्वाचनसम्बन्धी जानकारीमूलक सामग्री प्रसारण गर्ने, छापा माध्यमले यस्ता सामग्री अग्रभागमा प्रकाशन गर्ने व्यवस्था मिलाउने निर्णय भएकाे आयाेगले जनाएकाे छ ।

उपचुनावका सम्बन्धमा आयोगका निर्णय तथा प्रकाशित विज्ञप्तिहरूलाई अग्राधिकार दिइ निर्वाचनका लागि सकारात्मक माहौल तयार गगर्ने लगायत निर्णय भएकाे आयाेगले जनाएकाे छ ।

यस्ता छन् निर्णय:


113
Shares

प्रतिक्रिया दिनुहोस !