८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुपन्देहीमा रवि लामिछानेको बयान आज पनि हुने

प्रकाशित मिति :  २८ कार्तिक २०८१, बुधबार ०८:५०


काठमाडाैं । रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि मंगलबार भैरहवा पुर्‍याइएका लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि बयान हुने भएको हाे ।

हिजो बयान नसकिएकाले आज पनि बयान लिन लागिएकाे रुपन्देही प्रहरीले जनाएकाे छ । आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुन: बयान सुरु हुनेछ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा लामिछानेमाथि बयान भइरहेको छ । लामिछानेमाथि हिजाे करिब ५ घण्टा बयान भएकाे थियाे ।

लामिछानेलाई अहिले रूपन्देही प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ । मंगलबार पोखराबाट भैरहवा लगिएका लामिछानेलाई गाैतमबुद्ध विमानस्थलबाट सिधै सरकारी वकिलकाे कार्यालय पुर्‍याइएको थियो । लामिछाने विरुद्ध रुपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ ।

भैरहवामा बयान सकिएपछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि लामिछानेसँग काठमाडौंमा बयान लिने तयारी छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !