७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

प्रकाशित मिति :  २८ कार्तिक २०८१, बुधबार ०९:०८


काठमाडौं । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेको पक्राउ विरुद्ध आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ ।

बुधबार पार्टी कार्यलय वनस्थलीमा दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागेको हो ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार अब नयाँ चरणको आन्दोलन सुरु हुने छ ।

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति लामिछानेलाई अदालतको आदेशमा प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । रास्वपाले भने लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !