१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हामीले जनताको आवश्यकतालाई ध्यान दिन सकेनौँ, हामी बदलिन चाहन्छौँ : प्रचण्ड

प्रकाशित मिति :  13 November, 2024 11:55 am


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका नेता–कार्यकर्ताले आत्मसमीक्षा गर्ने बेला आएको बताउनुभएको छ ।

बुधबार कीर्तिपुरको उपनिर्वाचनका उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै दाहालले माओवादीका नेता–कार्यकर्ता अब जनताको बिचमा पुग्नु पर्ने बताउनुभयो । जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने त्रुटि  विगतमा माओवादीले गरेको दाहालको भनाइ छ । जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिविद्धतासहित जनतालाई भेट्नु पर्ने उहाँले बताउनुभयो ।

उहाँले सभालाई सम्बोधन गर्ने होइन जनताको घरमा जान नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘हामीले जनताको आवश्यकतालाई चाहनालाई ध्यान दिन सकेनौँ, हामी बदलिन चाहन्छौँ, हामी नयाँ अभियान सुरु गर्न चाहन्छौँ, जनताको पक्षमा, जनताको मुक्तिका लागि नयाँ अभियान चलाउन चाहन्छौँ, हामीलाई अवसर दिनुस् भनेर आत्मसमीक्षासहित, प्रत्येक व्यक्तिलाई भेट्नुस्’, दाहालले भन्नुभयो ।

माओवादी सरकारमा जाँदा गरेका राम्रा काम जनताको बिचमा पुर्‍याउन आवश्यक रहेको उहाँले बताउनुभयो । आफूले भ्रष्टाचार निवारण, सुशासन र सामाजिक आर्थिक विकासको पक्षमा सकारात्मक प्रयास गरेको दाबी गर्दै त्यो कुरा जनताले पनि राम्रोसँग मूल्याङ्कन गरेका उहाँले दाबी गर्नुभयो ।

कीर्तिपुरमा माओवादी पार्टीको एकता रहेकाले माओवादीका उम्मेदवारले कीर्तिपुरको नगर प्रमुखमा निर्वाचन जित्ने उहाँले दाबी गर्नुभयो । माओवादीका उम्मेदवारको विषयमा अन्य दल पनि सकारात्मक रहेका दाहालले बताउनुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !