२३ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केरुङ नाकामै कुहियो लसुन, नियामक निकाय मौन

प्रकाशित मिति :  २८ कार्तिक २०८१, बुधबार १६:४३


काठमाडौं । रसुवाको केरुङ नाकामा प्रहरीले भन्सार सम्म सबै कन्टेनर जान रोक लगाएपछि अहिले केरुङ नाका अस्तव्यस्त बनेको छ ।

सडक बिग्रिएको बहाना बनाएर प्रहरीले सीमित मात्रामा मात्रै गाडी जान दिएपछि कन्टेनरको भाडा तिव्र रुपमा बढ्नुको साथै अत्यावश्यक सामाग्री बिग्रिन थालेको पाइएको हो ।

चीनबाट लसुन, स्याउको व्यापार गर्ने एक व्यवसायीका अनुसार सीमित गाडी मात्रै भन्सार सम्म जान दिने र गएको गाडीले पनि पहिला ६० हजार देखी ७० हजार सम्म बोकेको सामानलाई दुई देखी दुई लाख पचास हजार सम्म अहिले भाडा बढेको कारण आफ्नो समान भन्सारमै नष्ट भएको बताउनु भएको छ ।

उहाँले भन्सारमा यस्तो मनलाग्दी हुँदा समेत नियमन गर्ने निकायको कुनै ध्यान नगएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो –‘हाम्रो करोडौँको सामान बिग्रियो यसको जिम्मा कसले लिने । बिग्रीएको सामान भन्सारमै कुहीएर फ्याल्नु पर्ने अवस्था छ । अब हामी जस्तो व्यवसायीको जिम्मा कसले लिन्छ । ’

उहाँका अनुसार अहिले दिनमा जम्मा ५–६ वटा कन्टेनर मात्र केरुङको भन्सार सम्म जान्छ । उनीहरूले महँगो भाडा लिएर पनि कुहिने समान बोक्न मानेका छैनन् ।

समाना भन्सारमै कुहिएपछि सरकारले दिदै आएको टिटि सुविधा अब के हुन्छ भन्नेमा व्यवसायी चिन्तित रहेका छन् । पहिला सामान ल्याएपछि अर्को पटकको लागि फेरि टिटि दिने सुविधा नेपाल सरकारले दिएको थियो । तर अब समाना भन्सारमै कुहिएपछि उक्त सेवा के हुन्छ भन्नेमा व्यवसायी चिन्तित रहेको पाएको छ ।

नेपाल र चीन तर्फको नाका मध्य रसुवाको केरुङ नाका सबै भन्दा ठूलो नाका हो ।

सोही नाकाबाट नेपाल चाहिने अति आवाश्यक बस्तु लगायत लत्ता कपडा आँउदै आएको छ । अहिले विभिन्न कारण देखाउदै कन्टेनरहरूलाई भन्सार सम्म जान नदिँदा भाडा दरमा उल्लेखनीय विद्धि हुनुको साथै धेरै कुहिने मालसमान कुहिएको छ । भने चीनबाट नेपाल भित्रने समानहरुमा कालोबजारी हुने सम्भावना वढेको छ ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !