७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

प्रकाशित मिति :  २९ कार्तिक २०८१, बिहीबार ०९:५४


काठमाडाैं । भारतीय पूर्व ओपनर तथा विश्वकै चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

हिमालयन विल्डर्स एण्ड इञ्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई बिहीबार टोलीमा अनुबन्ध गरेको हाे ।

सम्झौतामा कर्णालीका मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णालीका मालिक झनक दत्त र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डा. सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे लगायतकाे उपस्थिति थियो ।

३८ वर्षीय धवनले भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका छन् । उनले भारतसँगै इण्डियन प्रिमियर लिग (आईपीएल) को दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलेका छन् ।

धवनले भारतका लागि ३२ टेष्टमा २ हजार ३ सय १३ रन बनाएका छन् । १ सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । ६८ टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ७ सय ५९ रन बनाएका छन् । धवनले गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।


113
Shares

प्रतिक्रिया दिनुहोस !