एमाले इलामकाे ११औं जिल्ला अधिवेशन आजदेखि
काठमाडाैं । नेकपा एमाले इलामको ११औं जिल्ला आजदेखि सुरु हुँदैछ ।
गाैतमबुद्ध सभागृह इलाममा आज र भाेलि दुई दिन चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उप-सचिव २ गरी ५ पदाधिकारीसहित १ सय २५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने अधिवेशन आयाेजक कमिटीले जनाएकाे छ ।
अधिवेशनका लागि पार्टी केन्द्रीय उपाध्यक्ष गुरु बराल, प्रदेश कमिटी इञ्चार्ज शेरधन राई, प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ लगायत नेता इलाम पुगिसक्नुभएकाे छ । अधिवेशनमा ५ सय ८३ जना प्रतिनिधि सहभागी हुने बताइएकाे छ ।
एमाले इलामकाे अध्यक्षका लागि अहिले अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेश बराल, नरेन्द्रनाथ भट्टराई र डा देवी क्षेत्री दुलालले उम्मेदवारी दिने तयारी गर्नुभएकाे छ । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, उमेश गुरुङ, बुद्धिप्रसाद खनाल र रमेश राईबीच प्रतिष्पर्धा हुँदैछ ।
सचिव पदका लागि हालका उपसचिव रवीन्द्र सुवेदी र प्रकाश अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ । २ उपसचिव पदका लागि हेमन्त राई, दिलकुमारी लिम्बू, सरु राई, विष्णुमाया भुजेल, विष्णुमाया आचार्य, छवि श्रेष्ठ, प्रेम लिम्बू, यामयावरा थुलुङ र मनकुमार बराइली प्रतिष्पर्धामा हुनुहुन्छ ।