३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज गुरु नानक जयन्ती

प्रकाशित मिति :  ३० कार्तिक २०८१, शुक्रबार १२:०४


काठमाडौं । सिख धर्मावलम्बीहरूले आज गुरु नानक जयन्ती मनाउँदै छन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीले गुरु नानक जयन्ती मनाउने गर्छन् । गुरु नानकको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्वलनलगायत कार्यक्रम आयोजना गरिएका छन् ।

आज दिउँसो कुपण्डाेलको गुरुद्वारामा पनि विशेष समारोहको आयोजना गरिँदै छ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तमा भएको थियो । सिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को रचना गर्नुभएका उहाँले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गराएको मानिन्छ ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधु सन्तलाई भण्डारा गराउने प्रचलन छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !