७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रष्टै छ ट्रम्पले चीन सँग गर्ने व्यवहार, नेपाल मारमा पर्न सक्ने

प्रकाशित मिति :  ३० कार्तिक २०८१, शुक्रबार १३:१४


—प्रदिप तिमल्सिना

काठमाडौं । अहिले विश्व राजनीतिको कुरा गर्दा चीन र अमेरिकाको सम्बन्ध बारे कुरा गर्न छुटाउनु हुदैन ।

किनभने चीन र अमेरिका अहिले दुबै विश्व शक्ति राष्ट्र हुन् । अहिले अमेरिकामा भर्खरै निर्वाचन सकिएको छ । अमेरिकी जनताले अमेरिकाको राष्ट्रपतिको जिम्मेवारीमा डोनाल्ड ट्रम्पलाई दिएका छन् ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नयाँ भने होइनन् । उनी जो बाइडेन भन्दा अगाडि पनि राष्ट्रपतिको रुपमा काम गरिसकेका व्यक्ति हुन् । तसर्थ ट्रम्पको अबको बाटो के होला भनेर धेरै राष्ट्रहरूले बुझिसकेका छन् । किनभने उनी पहिलो पटक राष्ट्रपति हुँदा नै धेरैले ट्रम्प कस्ता व्यक्ति भन्ने कुरा बुझिसकेका छन् ।

चीन र अमेरिकाको राष्ट्रपतिको कुरा गर्दा अमेरिकामा अघिल्लो पटक ट्रम्प राष्ट्रपति हुँदा र अहिले राष्ट्रपति हुँदा चीनमा भने राष्ट्र प्रमुख फेरिएको छैन । तसर्थ चीनको राष्ट्रपति सी जिनपिङले ट्रम्प कस्तो व्यक्ति र अघिल्लो पटक उनले राष्ट्रपति हुँदा चीन सँग कस्तो व्यवहार गरेको र अब के गर्नेछन् भनेर सीले राम्रो सँग बुझेर आँकलन गरेका छन् । भने ट्रम्पले पनि सीले अब के गर्न सक्छन् भनेर राम्रो सँग बुझेका छन् ।

अहिले हामिले देखेको चीन र अमेरिकाको द्धन्द्ध भनेको व्यापारिक द्धन्द्ध नै हो । चीन व्यापार गरेरै अर्थतन्त्र राम्रो बनाउने पक्षमा देखिन्छ भने अमेरिका अनेकन राजनीति फन्डा गरेर अर्थतन्त्र जोगाउने पक्षमा देखिन्छ । यसकै लडाइ अमेरिका र चीनको पर्दै आएको देखिन्छ ।

अब फेरि अमेरिकाले डोनाल्ड ट्रम्प राष्ट्रपति पाएको छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिको लागि नयाँ अनुहार भने पक्कै होइनन् । तर अब डोनाल्ड ट्रम्पले पहिलाको भन्दा नयाँ केही गर्नेछन् की भन्ने विश्वभरको मुलुकलाई लागेको छ ।

यसअघि ट्रम्प राष्ट्रपति छदाँ थुप्रै उत्तर चढाब र तरङ्ग उत्पन्न भएको थियो । अब फेरि अमेरिकाले राष्ट्रपतिकै रुपमा ट्रम्प पाउदा त्यस्ता उत्तर चडाव र तरङ्ग नआउलान् भन्न सकिने अवस्था छैन ।

पहिला ट्रम्पले चीन सँग खुलेर प्रतिशोध साधेका थिए । त्यो प्रतिशोध फेरि पनि साध्ने निश्चित देखिन्छ । किनभने अमेरिकाको सबै भन्दा अहिलेको अवस्थामा कडा प्रतिस्पर्धी भनेको चीन नै हो । चीन पाँच वर्ष अघिको चीन भन्दा निकै वलियो र प्रभावशाली भएको छ ।

यसै कारण चीन सँग ट्रम्पले कडा प्रतिष्पर्धा गर्ने निश्चित देखिन्छ । अमेरिका अहिलेको झै शक्ति शाली बन्न चीनलाई कमजोर पार्न लाग्नु पर्ने हुन्छ । चीन कमजोर नभएसम्म अमेरिकाले आफ्नो साख बचाउन अमेरिकालाई मुस्किल पर्ने निश्चित देखिन्छ । यदि ट्रम्पले पहिलाको अमेरिकाको साख निरन्तर राख्न सकेनन् भने ट्रम्म अमेरिकाको इतिहासमा असफल राष्ट्रपतिको रुपमा दर्ज हुनेछन् । सोही कारण पनि ट्रम्पले चीन सँग कडा प्रतिस्पर्धा गर्ने निश्चित देखिन्छ ।

ट्रम्पको चीन सँगको कडा प्रतिष्पर्धा भनेको व्यापारमा मात्र हुने पनि निश्चित देखिन्छ । चीनको समान आयातमा अमेरिकाले भन्सार दर बढाएर किन्न नसकिने अबस्थाको सृजना बनाउने निश्चित देखिन्छ । सोही कारण चीनको व्यापारमा गिरावट गराउन सक्ने आँकलन पनि देखिन्छ । सो रणनीति ट्रम्पले अघिल्लो पटक राष्ट्रपति हुँदा पनि लागु गरेका थिए ।

ट्रपको चीन असफल पार्न खोज्ने अर्को रणनीति हुनु सक्छ चीनकाट तिव्वत टुक्राउने । चीनबाट तिब्बत टुक्राएर चीन कमजोर पार्न खोज्ने अमेरिकाको यो पुरानो नीति हो । अमेरिकामा आफू सधै विश्व शक्तिमान राष्ट्रको रुपमा उदय हुनको लागि अहिलेको अवस्थामा अमेरिकाले चीनलाई कमजोर पार्नु पर्ने निश्चित देखिन्छ । यदि कसैले चीनबाट तिव्वत टुक्राउन सकेभने पनि चीन कमजोर हुने निश्चित देखिन्छ । सोही कारण अमेरिकाको अर्को चीन कमजोर पार्ने दिर्घकालिन रणनीति भनेको चीनबाट तिव्वत टुक्राउनु हो ।

अब ट्रम्प शक्तिशाली राष्ट्रपतिको रुपमा दर्ज हुनको लागी ट्रम्पले अमेरिकाको दीर्घकालिन चीनबाट तिब्बत टुक्राउने रणनीतिको अवलम्बन गर्नु पर्ने देखिन्छ ।

चीन कमजोर बनाउन नेपालको भूमि

अमेरिकाको लागि नेपालको भूमि स्वर्ण भूमी बनेको छ । अमेरिकाले चीनबाट तिब्बत छुट्याउनको लागि जे जे रणनीति अवलम्बन गरेको छ त्यो सबै रणनीति अवलम्बन गर्नको लागि नेपालको भूमि प्रयोग गर्दै आइरहेको छ । पहिला पनि अमेरिकाले चीनबाट तिव्व्त छुट्याउनको लागि तिब्बतको खम्पाहरुलाई नेपालको भूमिमा बसोबासको बन्दोवस्त बनाएर अमेरिकाको डिजाइनमा खम्पा विद्रोह भएको थियो ।

खम्पा विद्रोहमा अमेरिकाले चीन विरुद्ध नेपालको भूमि राम्रो सँग प्रयोग गरेको थियो ।

अहिले पनि चीन सँग सिमाना जोडिएका नेपालको जिल्लाहरूमा अमेरिकाको ठूलो मात्रामा लगानी रहेको पाइन्छ ।

कहिले बौद्ध गुम्वा त कहिले स्कूलहरूको नाममा चीन सँग सिमाना जोडिएको नेपालको भूभागमा अमेरिकाले ठूलै लगानी गरेको पाइएको छ । जिल्ला जिल्लाका स्थानीय तह सग मिलेर होस या कुनै सङ्घ संस्थाहरू सँग मिलेर होस् अमेरिकाले ठूलो मात्रामा लगानी गरेको देखिन्छ । सो लगानीको मुख्य उद्देश्य भनेको चीनबाट तिब्बत छुट्याउनुनै हो ।

सोही कारण पनि चीनबाट तिब्बत अमेरिकाले छुट्याउन सके अझै केही दशक अमेरिका विश्वको सर्वशक्तिमान् राष्ट्रको रुपमा दर्ज हुने निश्चित जस्तै छ । सोही कारण अमेरिकाले विभिन्न बहाना बनाएर नेपालको भूमि प्रयोग गर्दै आइरहेको छ ।


678
Shares

प्रतिक्रिया दिनुहोस !