एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशन : अध्यक्षमा सुदर्शन सिवाकोटी सर्वसम्मत
काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सुदर्शन सिवाकोटी निर्वाचित हुनुभएको छ ।
युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ अधिवेशनबाट सिवाकोटी सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । संगठनको सचिवमा पनि नरेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष र उपसचिव पदमा भने शनिबार मतदान भएको थियो । उपाध्यक्षमा श्यामकाजी खत्री मतदान प्रक्रियाबाट निर्वाचित हुनुभएको छ । खत्रीले १ सय ७१ मत ल्याउँदा अर्का प्रतिस्पर्धी प्रकाश भुजेलले ६३ मत पाउनुभएको छ ।
उपसचिव महिलामा विनीता काफ्ले १ सय ६१ प्राप्त गरी निर्वाचित हुनुभएको छ । सो पदकाे अर्की प्रतिष्पर्धी सजिना थापा मगरले ७० मत पाउनु भएको छ । खुल्ला उपसचिवमा भने जगतमान लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अधिवेशनको कात्तिक २८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।