२ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २-० ले हरायाे

प्रकाशित मिति :  २ मंसिर २०८१, आईतवार ११:१३


काठमाडौं । दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

ताजिकिस्तानको दुसान्बे सेन्ट्रल स्टेडियममा शनिबार साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले पराजित गरेकाे हाे ।

पहिलो हाफ गाे रहित बराबरीमा सकिएकाे खेलमा नेपालले दुवै गाेल दाेस्राे हाफमा गरेकाे थियाे । नेपालकाे जितमा मनीष डाँगीले खेलकाे ४६औं मिनेट र रोहित चन्दले खेलको ७८औं मिनेटमा गाेल गरे ।

नेपाल कात्तिक २८ गते भएकाे पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !