२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ

प्रकाशित मिति :  २ मंसिर २०८१, आईतवार २०:१३


काठमाडौं । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थप लिनुभएकाे हाे ।

मन्त्रिपरिषद्काे सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उहाँहरुलाई राष्ट्रपति पौडेलले राजदूतमा नियुक्त गर्नुभएकाे थियाे ।

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत दिएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !