१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने

प्रकाशित मिति :  17 November, 2024 8:15 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएकाे छ ।

रास्वपाले आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी दाेस्राे चरणकाे आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे हाे ।

रास्वपाले हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशक यताका उच्च ओहदाका भ्रष्टाचारीहरूको न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने लगायत मागसहित दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेकाे हाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !